दफा ५०
गिरफ्तार गर्ने प्रक्रिया
(१) आयोग, निर्वाचन अधिकृत, मतदान अधिकृत वा अनुगमनकर्ताले मतदान कार्यमा वा मतगणना कार्यमा वा निर्वाचनको अन्य कुनै कार्यमा बाधा पुर्याउने वा पुर्यायाउन उद्योग गर्ने वा मद्दत गर्ने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने जुनसुकै व्यक्तिलाई त्यस्तो काम नगर्न र त्यस्तो स्थानबाट बाहिर जान आदेश दिन सक्नेछ ।
(२) यस ऐन विपरीतको कुनै काम गर्ने व्यक्तिलाई वा उपदफा (१) बमोजिम आयोग, निर्वाचन अधिकृत, मतदान अधिकृत वा अनुगमनकर्ताले दिएको आदेश नमान्ने व्यक्तिलाई गिरफ्तार गर्न आयोग, निर्वाचन अधिकृत, मतदान अधिकृत वा अनुगमनकर्ताले सम्बन्धित सुरक्षाकर्मीलाई आदेश दिन सक्नेछ । निर्वाचन अधिकृत, मतदान अधिकृत वा अनुगमनकर्ताले यसरी गिरफ्तारीको आदेश दिँदा त्यसकोजानकारी आयोगलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम आयोग, निर्वाचन अधिकृत, मतदान अधिकृत वा अनुगमनकर्ताले दिएको आदेश सम्बन्धित सुरक्षाकर्मीले पालना गर्नु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम दिएको आदेश पालना नगर्ने सुरक्षाकर्मीलाई विभागीय
कारबाही हुनेछ ।
(५) उपदफा (२) बमोजिम भएको गिरफ्तारी र उपदफा (४) बमोजिम गरिएको विभागीय कारबाहीको विवरण सार्वजनिक गर्नु पर्नेछ ।